कांग्रेसलाई गति दिन नयाँ नेतृत्व आवस्यकः कोइराला


विराटनगर, ३१ वैशाख । कांग्रेस नेता डा.शेखर कोइरालाले वर्तमान नेतृत्वबाट कांग्रेसलाई गति दिन नसकिने भन्दै आफ्नो दललाई गति दिने नेतृत्व आवस्यक रहेको बताएका छन । नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन आवस्यक रहेको बताएका हुन । उनले पार्टीको विधान परिवर्तन गरेर भएपनि चाडो महाधिवेसन बोलाउनुपर्ने बताए ।
पार्टी सभापतिले विधान र सहमतिविपरीत आफूमा शक्ति सञ्चय गर्नु अधिनायकवाद निम्त्याउनुसरह हो भन्दै नेता कोइरालाले इतिहासमै नेपाली कांग्रेस अहिलेको जस्तो कमजोर कहिल्यै पनि नभएको धारणा व्यक्त गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे नेपाल भ्रमण मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै उनले यस भ्रमणले नेपालको पर्यटकीय क्षेत्रमा समेत सकारात्मक प्रभाव परेकाले यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्