कांग्रेसले ७७ वटै जिल्लामा निरीक्षणका लागि कानून व्यवसायीलाई खटाउँदै


काठमाडौं, १५ वैशाख । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले राष्ट्रिय जागरण अभियानलाई मर्यादित र अनुशासित बनाउन नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघलाई अनुगमनको जिम्मेवारी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतरबार दिउँसो बसेको अनुशासन समितिको बैठकले डिएलएललाई ७७ वटै जिल्लामा स्थलगत अनुगमन तथा निरीक्षणमा खटाउने निर्णय गरेको हो ।
पार्टीका सचिव प्रेम केसीद्वारा जारी विज्ञप्तिमा जागरण अभियानको क्रममा पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हितविपरित काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी दिन भनिएको छ ।

काँग्रेसको पहिलो चरणको राष्ट्रिय जागरण अभियान वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्मका लागि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्