कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि पछि सर्यो


९ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि पछि सरेको छ । यही चैत्र १० गते बस्ने भनिएको बैठक विशेष कारणवस कांग्रेसले तीन दिनपछि सारेको हो ।

लामो समयदेखि बस्न नसकेको सो पार्टीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको थियो ।  बैठकमा संविधान संशोधन, आशन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पार्टीको महाधिवेशन सम्पन्न भएको एक वर्ष पूरा भए पनि अहिलेसम्म कांग्रेसले पदाधिकारी, बाँकी सदस्य मनोनयन र विभाग गठन गर्न सकेको छैन । बैठकमा यी विषयमा पनि छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्