कांग्रेस नेता मिनेन्द्र रिजालले व्यवस्थापिका–संसद्मा गरे पुष्पलालको प्रशंसा


८ साउन । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतको विरोध गर्नुको कुनै औचित्य नभएको दाबी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसद्को विश्वास छैन भनी प्रस्तुत गरेको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिदैँ रिजालले यस्तो दाबी गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको तीव्र विरोध गरेकाले उनको विकल्पमा अरु प्रधानमन्त्रीको खोजि गरेको समेत दाबी गरे ।

‘हामीले भारतसँग विरोधी भावना जगाएर होइन सहकार्य गरेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘उत्तर हेरो उत्तर गाली गर्ने, दक्षिण हेरो दक्षिण गाली गर्ने, बाँया हेरो बाँया गाली गर्ने यस्तो धारणाले कतै पनि पुगिन्न ।’

रिजालले आफ्नो सात मिनेटको सम्वोधनमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई पटक–पटक सम्झना गरे । उनले बाम आन्दोलनलाई एकै पुञ्ज बनाएर अघि बढाउने पुष्पलाललाई कमरेड भनेरै सम्झिए ।

‘हामी पुष्पपलालले पुञ्ज बनाएको बाम आन्दोलनसँग सहकार्य गरेर अघि बढ्न चाहन्छौँ,’ उनले भने, ‘म यहाँ बिपी, गणेशमानलाई जति सम्झिन्छु त्यति नै पुष्पलाललाको पनि सम्झना हुन्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेको रिजालले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको पनि प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्