कांग्रेस महामन्त्री शशांक कोइरालालाई निमोनिया, भेन्टिलेटरमा राखेर उपचार हुँदै


असार २२ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई ‘निमोनिया’ ले च्यापेपछि ओम अस्पताल भर्ना गरिएको छ ।

कोइरालले मंगलबार राति पिज्जा खाएपछि एक्कासी वान्ता भएको थियो निरन्तर रातभरी वान्ता भएपछि बुधबार विहान अस्पताल भर्ना गरिएका कोइरालालाई चिकित्सकको टोलीले ‘निमोनिया’ भएको पुष्टि गरेको छ ।

कांग्रेस नेता डा रामशरण महतले पनि त्यो कुराको पुष्टी गरे । ‘मैले पनि त्यही सुनेको छु,’ अहिले त्यतैतिर जाँदैछु,’ उनले भने । उनका अनुसार आइसीयूमा राखेर उपचार गरिएको छ । उनलाई डा. लब जोशी नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्