कांग्रेस-माओवादीको सरकारलाई ध्यानाकर्षणः दीर्घकालिन प्रभाव पार्ने निर्णय नगर्नु


३० असार । नेकपा माओवादी केन्द्र र नेपाली  कांग्रेसले दैनिक कामकाजका सामान्य कामबाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दीर्घकालीन प्रभाव पार्ने निर्णयहरु नगर्न वर्तमान सरकारको ध्यानाकर्षण गरेको छ ।

संविधान र प्रचलित कानुनबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारप्रति विश्वास छैन भनी व्यवस्थापिका–संसद्भित्र रहेका १३ वटा राजनीतिक दलले असार २९ गते अविश्वासको प्रस्ताव दर्ता गरिसकेपछिको विकसित परिस्थितिमा दुई ठूला दलले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गरेका हुन् ।

साथै, सत्ता साझेदार दोस्रो ठूलो दल माओवादी केन्द्रले वर्तमान सरकारबाट समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री ओली नेतृत्वको सरकार स्वतः अल्पमतमा परेको पनि दुबै दलले स्पष्ट गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्