कांग्रेस–माओवादीमा यस्तो छ भागबण्डा, गृह कांग्रेस र अर्थ माओवादीका भागमा


२० साउन । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच मन्त्रालय बाँटफाँटको टुंगो लागेको छ । माओवादी अध्यक्ष प्रचण्ड बुधबार ३९ औँ प्रधानमन्त्री निर्वाचित भएपछि ती दुई दलबीच मन्त्रालय बाँटफाँट भएको हो ।

प्राप्त जानकारी अनुसार संसदको तेस्रो ठूलो दल माओवादीले ८ र माओवादीलाई प्रधानमन्त्री बन्न समर्थन गर्ने पहिलो ठूलो दल कांग्रेसले १३ मन्त्रालय पाउने टुंगो लागेको हो ।

प्रधानमन्त्रीसहित माओवादीले आफ्नो जिम्मामा अर्थ, सूचना तथा सञ्चार, उर्जा मन्त्रालय राखेको छ । त्यस्तै स्थानीय विकास, शिक्षा, युवा तथा खेलकुद र कानुन मन्त्रालय पनि माओवादीले आफ्नै भागमा राखेको छ । एमालेमा रहँदा पनि माओवादीले ऊर्जा स्थानीय विकास र शिक्षा मन्त्रालयले लिएको थियो ।

एमाले गठबन्धनका बेला माले महासचिव सीपी मैनालीले सम्हालेको महिला बालबालिका तथा समाज कल्यण मन्त्रालय पनि माओवादीले सम्हाल्ने निश्चित भएको छ ।

कांग्रेसले गृहसहितका १३ मन्त्रालय लिने सहमति भएको छ । कांग्रेसको भागमा भौतिक पूर्वाधार, शहरी विकास, पर्यटन जस्ता मन्त्रालय परेका छन् ।

प्रतिक्रिया दिनुहोस्