कांग्रेस–माओवादीसँग राजेन्द्र महतो नै किन भए रुष्ट ?


१३ मंसिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारले संविधान संशोधनको प्रस्ताव मोर्चाको विरोधका कारण दर्ता गर्न नसकेको झुठो आरोप  लगाएको दाबी गरेका छन् ।

प्रेस मञ्च नेपालले तौलिहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)कै सभासद्हरुको विरोधका कारण सरकारले प्रस्ताव दर्ता गर्न नसकेको बताए ।  ‘सरकार गठनका बेला मोर्चासँग भएको सहमतिअनुसार पहिले संशोधन प्रस्ताव दर्ता गर्नुस्, प्रस्ताव दर्ता भइसकेपछि प्रस्तावले आन्दोलनरत मोर्चाको माग सम्बोधन हुन सक्छ या सक्दैन, त्यसका आधारमा मोर्चाले निर्णय लिन्छ’ उनले भने ।
महतोले मोर्चा राष्ट्रियता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र अखण्डताप्रति सदैव प्रतिबद्ध रहँदै अधिकार सम्पन्न मधेसको अधिकारका लागि मोर्चा पछाडि नहट्ने पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्