कांग्रेस–माओवादी गठबन्धन देशका लागि प्रतित्युपादकः प्रदिप ज्ञवाली


साउन २२ । नेकपा (एमाले) सचिव प्रदिप ज्ञवालीले कांग्रेस–माओवादी गठबन्धनको सरकार देशका लागि प्रतित्पादक भएको आरोप लगाएका छन् ।

नेकपा (एमाले) अर्घाखाँची–काठमाडौँ सम्र्पक मञ्च क्षेत्र नं. १ ले आयोजना गरेको एक हप्ते प्रशिक्षणको शनिबार राजधानीमा समापन गर्दै यस्तो आरोप लगाएका हुन् । ‘माओवादीले एउटै गाडीमासँगै यात्रा गरेका साथीलाई छाडेर भाग्ने काम गरेको छ,’ उनले भने, ‘यसरी भागेर माओवादीले आफ्नो यात्रा असफल बनाएको छ ।’ उनले एमालेलाई छाडेर कांग्रेसको साथ लिने माओवादीको निर्णय गलत भएको भन्दै त्यसले देशलाई वर्वादीतिर लैजाने दाबी गरे ।

‘कांग्रेस–माओवादीको गठबन्धन देशका लागि प्रतित्युतपादक छ,’ उनले भने, ‘यसले राष्ट्रियतालाई नै कमजोर बनाउँने खतरा छ । उनले एमाले भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्न चाहन्छ भन्दै पछिल्लो समय कांग्रेस–माओवादीले एमालेलाई ‘वाइपास’ गरेर मुठभेड निम्त्याएको पनि आरोप लगाए । राजदूत नियुक्तिका सन्दर्भमा पनि सरकारले गलत निर्णय लिएको उनले आरोप लगाए ।

नेपाली समाजको चरित्र, बजेट, आर्थिक योजनालगायतका विभिन्न आठ वटा शीर्षकमा दिइएको सो एक हप्ते प्रशिक्षणमा ६० जना सहभागी भएको क्षेत्र नं. १ का अध्यक्ष पदम कुँबरले जानकारी दिए ।

प्रशिक्षण डा. विजय पौडेल, वेदुराम भुसाल, सासंद् दुमन थापा, डा.डिल्ली खनाल, दिल खनाल, रोमाकान्त पाण्डे, नेपाल सरकारका पूर्वसचिव सुशिल खनाललगायतले प्रक्षिण दिएका थिए । शनिवार आयोजित कार्यक्रममा प्रशिक्षक र प्रशिक्षणमा सहभागी सबैलाई प्रमाणपत्र दिइएको पनि कुँबरले जानकारी दिए । ‘यस्ता कार्यक्रम बेला–बेलामा गर्ने तयारीमा छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्