कांग्रेस र माओवादी परित्याग गरी एकै गाउँका एक सय बढी एमाले प्रवेश


१६ माघ । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई विकल्प दिएका छन् ।

संविधान कार्यन्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा गृह जिल्ला इलाम पुगेका खनालले सरकारलाई कि निर्वाचन मिति घोषणा गर्न नसके सरकार छाड्न् सुझाव दिएका हुन् ।  उनले निर्वाचन मिति घोषणा गर्न नसके सरकारमा बसिरहनुको कुनै औचित्य नरहेको दाबी गरे ।

उनले आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भन्दै त्यसका लागि तयार नभए प्रचण्ड सरकारमा बस्नुको कुनै अर्थ नभएको उनको दाबी थियो ।

उनले अङ्गीकृतलाई प्रमुख पद दिने र हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन विदेशीको इशारामा संविधान संशोधनको कुरा आएको बताउँदै  विदेशीलाई खुसी पार्ने संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा पास हुन नदिने चेतावनी पनि दिए ।

उनले अबको निर्वाचनबाट एमाले मुलुककै पहिलो पार्टी हुने दाबी पनि गरे ।  कार्यक्रमका अवसरमा समालबुङ गाउँ कमिटीका माओवादी, कांग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी आएका सयजनाभन्दा बढीलाई उनले स्वागत समेत गरे ।

प्रतिक्रिया दिनुहोस्