काठमाडौँका मेयर शाक्य वडाध्यक्षसहित सडक अनुगमनमा


काठमाडौँ, २० भदौ । राजधानीका सडका खाल्टाखुल्टीका कारण निकै समस्या भएको गुनासो जनताबाट आइरहेका बेला काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सडक अनुगमनमा निस्किएका छन् । सडक चौडा गर्ने, मेलम्चीको पाइपलाईन खन्ने लगायतका कारण राजधानीको सडकको अवस्था दूरावस्थामा पुगेको र राजधानीवासीको पनि दिनहुँ गुनासो आउने गरेको कुरालाई ध्यानमा राख्दै मेयर शाक्य सडक अनुगमनमा निस्किएका हुन् । वर्षा पनि विस्तारै कम हुँदै गएपछि राजधानीका सडक निर्माणलाई तिव्रता दिन सुरु गरेको मेयर शाक्यले जानकारी दिएका छन् । आज काठमाडौँको भोटेबहाल सडक निर्माणको अनुगमनमामा सोही क्षेत्र र आसपासका वडाध्यक्ष, उपभोक्ता समिति र क्लवका प्रतिनिधिसहित पुग्नु भएको थियो । वडा नम्बर १२ का विकास ढंगोल, ११ का हिरालाल तन्डुकार २१ का उदय चुडामणि बर्जाचार्य, २२ का चिनिकाजी महर्जन, २३ का मच्छेराजा महर्जन र ३१ का भाइराम खड्कीसँगै उनी भोटेवहाल पुगेर सडक निर्माणको कामलाई चुस्तरुपमा अघि बढाउन निर्देशन दिए । उनले अब विकास निर्माणको काम वित्र गतिमा अघि बढ्ने भन्दै काममा ढिलासुस्ती नगर्न पनि निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्