काठमाडौँको मेयरमा शाक्य जितको नजिक, काँग्रेसका जोशी भन्दा १२ हजार मतले अग्रता


९ जेठ । नेकपा (एमाले)का तर्फबाट मेयरका उम्मेदवार बनेका विद्यासुन्दर शाक्य काठमाडौं महानगरको मेयर बन्ने निश्चित भएको छ । पछिल्लो मत परिणाम अनुसार शाक्यले ४१,११५ मत ल्याएका छन् भने काँग्रेसका राजुराज जोशीले २९,२३० मत ल्याएका छन् । दुई जनाको मत अन्तर करिब १२ हजारको छ ।

मत गणना गर्न अब करिब ४० हजार मात्र काँकी छ । मत गणना गर्न बाँकी वडाहरुमा समेत शाक्यकै बलियो रहेकाले पनि यो मतअन्तर अझै बढ्ने अनुमान एमालेको छ । मतपरिणाम अनुसार विवेकशील पार्टी र साझा पार्टी तेस्रो र चौथो स्थानमा छन् भने माओवादी पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्