काठमाडौँमा एमालेका मेयर ९ हजार र भरतपुरमा दुई हजार मतले अघि (मतपरिणामसहित)


८ जेठ । काठमाडौं महानगरपालिकाको अहिलेसम्म ८८ हजार २९१ मत गणना भइसकेको छ । करिब एक लाख मतगणना हुँदा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेको विद्यासुन्दर शाक्यले आफ्नो अग्रता कायम नै राखेका छन् ।

उनले पछिल्लो मत परिणाम अनुसार २९१२९ मत ल्यएका छन् । काँग्रेसका राजुराज जोशीले २०३६८ मत ल्याएका छन् ।

अहिलेसम्मको मत परिणामलाई हेर्दा शाक्य करिब नौ हजार मतले अघि छन् । उपमेयरमा भने काँग्रेसको अग्रता देखिएको छ । काँग्रेसकी हरिप्रभा खड्गीले २६४१७ मत ल्याउँदा राप्रपाका राजाराम श्रेष्ठले १६८२३ मत ल्याएका छन् ।

त्यसैगरी भरतपुरमा पनि मेयरमा एमालेकै अग्रता कायम छ । एमालेका देवी ज्ञवालीले रेणु दाहाललाई करिब दुई हजार मतले पछि पारेका छन् । ज्ञवालीले २०९८४ मत ल्याउँदा दाहालले १८९८७ मत ल्याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्