काठमाडौँमा एमालेको विजयी सुरुवात, वडा एकमा एमालेका भरतलाल विजयी


३ जेठ । काठमाडौं महानगरपालिकामा एमालेले विजयको सुरुवात गरेको छ । एमालेले महानगरपालिकाको वडा नम्बर १ मा विजयी प्राप्त गरेको हो । काठमाडौं वडा नम्बर १ बाट एमालेका भरतलाल श्रेष्ठ १ हजार ३५ मत प्राप्त गरे ।

३२ वडा रहेको महानगरमा एमालेले विजयीको खाता खोलेको हो । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले ६ सय ३९ मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेकै अष्टमाया तण्डुकारले जितेकी छन् भने खुला सदस्य पनि एमालेकै अष्टकुमार श्रेष्ठ विजयी भए । दलित महिला सदस्यमा भने नेपाली कांग्रेसकी मीना सुनार बिजयी भएकी छन् । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा यसअघि राप्रपाले जित्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्