काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा २ को ज्यान गयो, ४५ घाइते


नुवाकोट, २६ असोज । नुवाकोटको राउतबेँसीबाट काठमाडौंका लागि छुटेको बा १ ख ६३५६ नम्बरको बस सुर्यगढी गाउँपालिका, ५ छेडीखोलामा दुर्घटना हुँदा दुर्इ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट जिल्लाको मञ्चकन्या गाउँपालिकाका ३२ वर्षीय मिनु तामाङ र चितवान मुग्लिन घर भएका ५७ वर्षीय बलराम तिवारी रहेका छन् ।
दुर्घटनामा ४५ जना घाइते भएका छन् । घाइते भएकाहरु मध्ये ४ जनालार्इ हेलिकप्टर र १० जनालार्इ एम्बुलेन्सद्वारा काठमाडौं ल्याइएको छ । बाँकी घाइतेलार्इ त्रिशुली अस्पतालमा उपचार भइरहेको नुवाकोटका प्रहरी एसपी वसन्त बहादुर कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्