काठमाडौँ उपत्यकामा १६३८ संक्रमित थपिए

काठमाडौं, १६ असोज । काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै १६३८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१ पुगेको छ।