काठमाडौँ–नागढुङ्गा सडक विस्तारमा ढिलाइ नगर्न सांसदको आग्रह


 

१४ भदौ । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा विभिन्न दलका सांसदहरूले काठमाडौँ–नागढुङ्गा सडक विस्तारको क्रम लम्बिएको, सबै भूकम्पपीडितले अझै राहत नपाएको, स्थानीय निकायको पुनःसंरचनाका विषयमा सहमति जुटाउने प्रयास नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराए।

नेकपा (एमाले) का युवराज ज्ञवालीले काठमाडौँ–नागढुङ्गा सडकको अव्यवस्थापनका कारण यात्रु घन्टौ जाममा पर्ने गरेको र पर्यटकसामु नेपालीले लाज मान्नुपर्ने अवस्था आएको दुःःखेसो गरे ।

नेपाली काँग्रेसका चन्द्र भण्डारीले तराई र पहाडमा समयमा सिँचाइको प्रबन्ध गर्न सरकारसँग माग गरे ।

नेकपा (माओवादी केन्द्र) का हरिबोल गजुरेलले सुकुम्वासी प्रमाणीकरणको काममा ढिलाइ भएकोतर्फ ध्यानाकर्षण गराए ।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का योगेन्द्र चौधरीले मन्त्रिपरिषद्मा थारु, महिला र सबै जातिको समावेशिता नभएको गुनासो गरे ।
यसैगरी, सांसदहरु परशुराम तामाङ, नरसिंह चौधरी, अइन्द्रसुन्दर नेम्वाङ, गोपाल दहित, प्रेम सुवाल, कमलप्रसाद पङ्गेनी, आनन्दप्रसाद पौडेल, भेषकुमारी राउत, रामअयोधीप्रसाद बालाराईले मन्तव्य राखे। रासस

प्रतिक्रिया दिनुहोस्