काठमाडौँ भ्याली स्कूलका प्रिन्सिपलले तालाबन्दी गर्न गएका विद्यार्थी नेतामाथि हातपात गरेपछि…


१३ वैशाख । अनेरास्ववियु नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरुले चर्को शुल्क लिने राजधानीलगायत देशैभरीका दर्जनौँ विद्यालयमा तालबन्दी गरेका छन् ।

मापदण्ड विपरीत शुल्क बढाएको भन्दै त्यसको विरोधमा तालबन्दी गर्न गएका विद्यार्थी संगठनका नेतामाथि काठमाडौँ भ्याली स्कूल एण्ड कलेज प्रिन्सिपल सौगात श्रेष्ठले हातपात गरेका छन् । तालबान्दी गर्न गएका बेला उनले हातपात गरेको अनेरास्ववियुका संगठन विभाग प्रमुख सुदर्शन सिवाकोटीले जानकारी दिए । उनले विद्यार्थी नेताहरुमाथि अपशब्दहरु समेत बोलेको उनीहरुको आरोप छ । श्रेष्ठले हातपात  गरे पनि उनीहरुले तालाबन्दी भने गरेका छन् ।

विद्यार्थी संगठनहरुले राजधानीका चर्चित विद्यालयहरु रातो बंगला, रेडियण्ट, डीएभी, सिदार्थ बनस्थली, अस्फोर्ड, व्ह्व्वाइटफिल्ड, मनासुलु लगायतका विद्यालयको लेखा तथा प्रसासन शाखामा ताला बन्दी गरेका छन् । उनीहरुले बिहीबार प्याब्सन र एन प्याब्सनको कार्यालय तालाबन्दी गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्