काठमाडौंका सरसफाइ गर्ने ३१ जनाकाे कोरोना एन्टीबडी पोजेटिभ


काठमाडौं,२ जेठ । काठमाडौंका सफाइ कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकामा शुक्रबार कोरोना संक्रमण परीक्षण गरिएको छ । काठमाडौं महानरपालिकाको वातावरण व्यवस्थापन विभाग मातहत कार्यरत ९३४ जना कर्मचारीमध्ये ६६४ जनाको आरडीटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) र २६८ जनाको पीसीआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट कोरोना भाइरस परीक्षण गरिएको हो।

आरडीटी परीक्षण गरिएकामध्ये ३ जना महिला स्वास्थ्य स्वयं सेविधासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनाको कोरोना एन्टीबडी पोजेटिभ देखिएको महानगरपालिकाले जनाएको छ । आरडीटी परीक्षणमा पोजेटिभ नतिजा देखिएका कर्मचारीको पीसीआर परीक्षण गरिसकिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्