काठमाडौंका ३ कलेजमा तोडफोड, नेविसंघका १५ जना पक्राउ


काठमाडौँ, १७ चैत  । काठमाडौंका विभिन्न तीन ओटा कलेज तोडफोड गर्ने नेपाल विद्यार्थी संघका १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा विश्वविद्यालयको शुल्कलाई लिएर नेविसंघले काठमाडौंको पुरानो बानेश्वरमा रहेको एपेक्स कलेज, राजधानी कलेज र एसएम कलेज तोडफोड गरेको छ ।

कलेज तोडफोडमा संलग्न नेविसंघका १५ जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्