काठमाडौंको घरदैलो कार्यक्रममा ओलीले भने, ‘काँग्रेसले भृकुटी कागज बेचेपछि हामीले विदेशी कागजबाट घोषणापत्र छाप्नु पर्यो’


२५ वैशाख । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले स्थानीय तहको निर्वाचन जितेपछि स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकता दिने बताएका छन् ।

एमाले काठमाडौँ महानगरपालिकाको पदयात्रा तथा घरदैलो कार्यक्रमको वडा नं २१ स्थित लगनमा सोमबार शुभारम्भ गर्दै अध्यक्ष ओलीले भृकुटी कागज, बाँसबारी छालाजुत्ताजस्ता उद्योग बन्द हुनु विडम्बना भएको बताउँदै एमालेले जितेपछि त्यस्तो अवस्थाको अन्त्य हुने बताए ।

अध्यक्ष ओलीले भने, ‘बाँसबारी छाला जुत्ता कारखाना बेचेपछि हामी विदेशी जुत्ता लगाउन बाध्य छाँै, भृकुटी कागज कारखाना बेचेपछि हामीले घोषणापत्र छाप्न पनि विदेशी कागज प्रयोग गर्नुपरेको छ । यो अवस्था रहेमा देश बन्दैन ।’

नेता ओलीले महानगरको प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यसहितको उम्मेदवारले जितेमा भ्रष्टाचाररहित महानगर बन्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्