काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने दुई जना पक्राउ


काठमाडौं,९ साउन । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने दुईजना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरुलाई प्रहरीले राति ११ बजे डल्लुबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्