काठमाडौंमा कुरिलो किलोकै ५ हजार रुपैंयाँ

काठमाडौं, १५ मंसिर । कुरिलोको भाउ किलोकै ५ हजार रुपैंयाँ पुगेको छ । मागमा भएको अत्याधिक बृद्धि र उत्पादनको सीमितताका कारण भाउ एक्कासी बढेको हो । अफ सिजन भएकाले यतिबेला बजारमा कुरिलो थोरै मात्रामा पाइन्छ । त्यसको फाइदा उठाउँदै व्यापारीले अस्वभाविक मूल्य लिन थालेका हुन् ।
समितिको तथ्यांक अनुसार गत जेठमा कुरिलो प्रतिकिलो न्यूनतम २ सय ५० देखि ३ सय २५ रुपैंयाँ (होलसेल मूल्य) थियो । कान्तिपुर दैनिकबाट