काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण


काठमाडौँ, ३१ साउन ।  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ८० जना, ललितपुरका ८ जना र भक्तपुरका १० मा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्