काठमाडौं उपत्यकामा २९८ कोरोना संक्रमित थपिए


काठमाडौं, १५ भदौ । काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय २४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्