काठमाडौं उपत्यकामा ६१ जनामा कोरोना संक्रमण

काठमाडौं,२१ साउन । बुधबार काठमाडौं उपत्यकामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।