काठमाडौं र भक्तपुर सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ३० वैशाख । थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा र काठमाडौंमा ३३ वर्षीया महिला संक्रमण पुष्टि भएको छ । यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।यससँगै मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्