काफ्ले समाज काभ्रेको अध्यक्षमा उत्तम प्रसाद काफ्ले चयन


काभ्रे, ६ जेठ । काफले समाज जिल्ला समिति काभ्रेको दोस्रो जिल्ला अधिवेशन बाट उत्तम प्रसाद काफ्लेको अध्यक्षतामा १६ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ । त्यसैगरी उपाध्यक्षमा अर्जुन प्रसाद काफ्ले, धु्रव प्रसाद काफ्ले महिला उपाध्यक्षमा सीता काफ्ले ,सचिव राजकुमार काफ्ले, सह सचिव अञ्जन काफ्ले , कोषाध्यक्ष ध्रुव्र प्रसाद काफ्ले र सदस्यहरुमा गीता काफ्ले, हरीकृष्ण काफ्ले, हरीवोल काफ्ले, केशवराज काफ्ले, कृष्ण काफ्ले गगाएतका रहेका छन् । अधिवेषन तयारी समितिका संयोजक पारसमणी काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका अध्यक्ष एवम प्रमुख अतिथी गुणराज काफ्लेले समाजमा भैरहेको गतिविधि को विषयमा प्रकाश पार्दै, समाजको वशावली संकलन,अनुसन्धान,सम्पादन तथा प्रकाशन गर्ने एवम बन्धुहरुको चालचलन, रितिरिवाज र सस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । उनले वन्धुहरु विच आपसी परिचय,भेटघाट,पारस्पारिक सम्पर्क,सहयोग आदन प्रदान गर्दै सामाजिक,धार्मिक तथा परोपकारजन्य कार्यमा लाग्न सम्पुर्ण काफ्ले वन्धुहरुलाई आग्रह समेत गरेका छन् । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद काफ्ले,उपाध्यक्ष लक्ष्मी काफ्ले,सचिव नवराज काफ्ले,सह(कोषाध्यक्ष दामोदर काफ्ले,सदस्य अर्जुन प्रसाद काफ्ले लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्