काबुल घटनाः सय मिटर नजिकबाट जे देखेँ, जे भोगेँ


 खाँदवारीका भक्तनारायण श्रेष्ठ सन् २०११ सेक्टेम्बर १७ तारिकबाट जीफोरएस कम्पनी काबुलमा काम गर्दै आएका थिए । २० जून २०१६ मा काबुलमा १४ जना नेपालीको ज्यान जाने गरी गरिएको आतंककारी हमलाका बेला श्रेष्ठ पनि त्यहिँ थिए । करिब सय मिटरको दूरीमा १३ जना नेपालीको ज्यान जाने गरी हमला भएको क्षण सम्झिदा अहिले पनि श्रेष्ठलाई सपना जस्तो लाग्छ । सोमबार पहिलो न्युजकै कार्यालयमा आएका श्रेष्ठले काबुल घटनालाई प्रत्यक्ष रुपमा देखे, भोगे र अनुभव गरेको कुरा यसरी खुलाएः

म काबुलबाट करिब १५ किलोमिटर टाढा रहेको व्रिटिस एम्वेसीमा काम काम गर्थेँ । काबुल त्यसै पनि दंंगाग्रस्त क्षेत्र भएकाले पनि त्यहाँ साना–तिना बम ब्लाष्ट हुने कुरालाई हामी त्यस अघिसम्म पनि सामान्य रुपमा नै लिने गथ्र्यौँ । मैले पाँच वर्ष त्यहाँ काम गरेको अनुभवका आधारमा भन्दा त्यहाँ बम ब्लाष्टका सामान्य घटनाहरु घटेपनि नेपालीमाथि नै लक्षित गरेर त्यस्तो आतंककारी घटना कहिल्यै भएको थाहा थिएन ।

त्यो दिन पनि ड्याम्म आवाज आयो । यस्तो जाबो ड्म्याम्म गर्ने, पड्कने सामान्य कुरा हुन भन्ने भयो । एक्कासी त्यस्तो आवज आउँदा मलाई सुरुमा नेपालमा पटका पट्काएको जस्तो मात्र लाग्यो । तर, २० जून २०१६ मा काबुलमा हामीले कल्पना गरे भन्दा धेरै बाहिरको घटना घट्यो । अहिले पनि मलाई त्यो घटना सम्झिँदा सपना जस्तो लाग्छ ।

त्यो दिन पनि ड्याम्म आवाज आयो । यस्तो जाबो ड्म्याम्म गर्ने, पड्कने सामान्य कुरा हुन भन्ने भयो । एक्कासी त्यस्तो आवज आउँदा मलाई सुरुमा नेपालमा पटका पट्काएको जस्तो मात्र लाग्यो । तर, २० जून २०१६ मा काबुलमा हामीले कल्पना गरे भन्दा धेरै बाहिरको घटना घट्यो । अहिले पनि मलाई त्यो घटना सम्झिँदा सपना जस्तो लाग्छ ।

हामीले काम गर्ने व्रिटिस एम्वेसी र क्यानेडियन एम्वेसी सँगसँगै भएकाले हाम्रो र क्यानेडिन एम्वेसीका स्टाफ बोक्ने माईक्रो वस पनि सँगसँगै नै जाने गर्थे । एक पटकमा करिब ४०–५० वटा माइक्रो लाइन लागेर जाने गर्थे । त्यो दिन पनि हामी त्यसैगरी जाँदै थियौँ । त्यो घटना घट्दा म करिब १०० मिटर मात्र पछाडि थिएँ । सुरुमा त हामीले टायर पड्किएको पो हो कि भन्ने पनि अनुमान गर्यौँ ।

कहिँ कतै केही व्लाष्ट भयो होला भन्ने पनि लागेको थियो । तर, ती सबै मेरा अनुमान गलत भए । सय मिटर अगाडि मात्र रहेका १३ जना नेपाली साथीहरु हेर्दाहेर्दै लास बने । त्यो घटना अहिले पनि मैले विश्वास गर्न सकेको छैन । एकै छिन अघि सम्मको शान्त ठाउँ त्यहाँको वातावरण नै कोलाहलमय भयो । ट्राफिक जाम भयो । मैले त्यो घटना प्रत्यक्षरुपमा देख्ने मौका पाएँ । नजिकै गएर ड्राइभरलाई के भयो भनी सोधेँ । लोकल ड्राइभर थियो ।9

उसले बम ब्लाष्ट भएको र १३ जना नेपालीको मृत्यु भएको जानकारी दियो । सुरुमा त ड्याङ्ग गरेर ठूलो आवाज आएको थियो । मैले भगवानसँग घटना असत्य होस भनी कामना गरेँ । तर, भगवानले पनि मेरो अनुरोध सुनेनन् । ड्राईभरको सूचना पनि गलत होस भनी कामना गरेँ ।

सुरुमा त ड्याङ्ग गरेर ठूलो आवाज आएको थियो । मैले भगवानसँग घटना असत्य होस भनी कामना गरेँ । तर, भगवानले पनि मेरो अनुरोध सुनेनन् । ड्राईभरको सूचना पनि गलत होस भनी कामना गरेँ ।

तर, ड्राइभरको सूचना पनि सत्य ठहरियो । निमेशभरमै मेरै जस्तो परिवार पाल्ने, छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिने, केही वर्ष दुःख गरेर नेपाल फर्किने र आनन्दको जीवन चलाउँने सपना बुनेका साथीहरुको सपनाको त्यो डोरी चुडिएको त्यो क्षण सम्झँदा अहिले पनि मलाई कहाली लाग्छ । सुनेका घटना भन्दा प्रत्यक्ष आखाँले देखेका घटनाहरु सयौँ गुणा पीडादायी हुने रहेछन् ।

त्यो घटनापछि अफगानिस्तानभरी रहेका सबै नेपालीले असुरक्षित भएको महशुस गर्न थाल्यौँ । क्यानेडिएन एम्वेसीको नजिकै रहेको जीफोरएस कम्पनीबाट व्रिटिस एम्वेसीमा काम गर्ने हामी करिब ३ सय ५० जना नेपाली सुरक्षा गार्डले पनि स्वाभाविक रुपमा असुरक्षित भएको महशुस गर्यौँ । व्रिटिस एम्वेसीमा एक सिफ्टमा ९७ जनाको डियुटी हुन्छ । हरेक दिन त्यहि वाटो आवत–जावत गर्नुपर्ने भएकाले कति बेला आतंककारीको हमलामा परिने हो भन्ने चिन्ताले हामीलाई झन्–झन् सतायो ।

त्यसैबेला फेरि विभिन्न सञ्चार माध्ययम र स्थानीय सञ्चार माध्ययमले पनि कुनै पनि बेला यस्ता आतंककारी घटना फेरि घट्न सक्ने भन्दै समाचार सम्प्रेषण गरिरहेका थिए । त्यसले झन् हामीलाई बेचैन बनाउँदै लग्यो । पल–पल हामी घर–परिवार र नेपाल सम्झिन थाल्यौँ । हामीसँगै डियुटी बसेका साथीहरुले समेत ‘तिमीहरुलाई निकै थ्रेट छ है’ भनेर सुनाउँदा हामीलाई झन्–झन् मृत्युको पर्खाइमा बसेको जस्तो अनुभूति हुनथाल्यो । हामी जतिसक्दो छिटो नेपाल फर्किन पायो हुन्थ्यो भन्दै समय विताउँन थाल्यौँ ।

पल–पल हामी घर–परिवार र नेपाल सम्झिन थाल्यौँ । हामीसँगै डियुटी बसेका साथीहरुले समेत ‘तिमीहरुलाई निकै थ्रेट छ है’ भनेर सुनाउँदा हामीलाई झन्–झन् मृत्युको पर्खाइमा बसेको जस्तो अनुभूति हुनथाल्यो । हामी जतिसक्दो छिटो नेपाल फर्किन पायो हुन्थ्यो भन्दै समय विताउँन थाल्यौँ ।

करिब एक महिना अघि मात्र विनलादेन पछिको एक जना तालिवानी नेतालाई ‘ड्रोन आक्रमण’मा नेटो सेनाले मारेको थियो । त्यो लगत्तै नियुक्त भएको नयाँ तालिवानी नेताले नयाँ रणनीति अनुसार अफगानिस्तानबाट गोराहरुलाई लखेट्ने योजना बनाएको भन्ने चर्चा थियो । ती गोरा लखेट्न सबै भन्दा पहिला गार्डहरुलाई लखेट्ने तयारी गरेको पनि हल्लाहरु चलेका थिए ।

अधिकांश गार्डहरु नेपाली भएकाले सबै भन्दा बढी थ्रेट नेपालीलाई नै थियो । त्यसले पनि हामीलाई झन् शसंकित बनाएको थियो ।
जून १६ को घटनापछि हामीले झन् असुरक्षित भएको महशुस गरेर जून २३ मा हाम्रो कार्यालयका सम्वन्धित व्यक्तिहरुसँग तुरुन्त सुरक्षाको व्यवस्था गर्न भन्दै माग गर्यौँ । तर, उनीहरुले हुन्छ–हुन्छ भन्ने तर कार्यान्वयन नगर्ने गरेपछि हामीले २५ जूनमा फेरि हाम्रो आवत–जावतमा पनि सुरक्षा चाहिन्छ भन्दै माग राख्यौँ । त्यो पनि उनीहरुले वेवास्था गरेपनि हामी सबैले सामूहिक रुपमा कि हामीलाई सुरक्षा चाहियो होइन भने हामीलाई नेपाल फर्काउँने व्यवस्था गर्नुपर्यो भन्दै माग राख्यौँ ।

हामीले त्यो माग राख्दा कम्पनीका सम्वन्धित व्यक्तिहरुले नै सबैलाई भने जस्तो सुरक्षा दिन नसक्ने भनेपछि हामीले त्यहाँ काम गरिरहनु उचित ठानेनौँ । उनीहरुले विस्तारै माग पूरा गर्ने आश्वासन दिए पनि हामीले त्यो आश्वासनलाई विश्वास गर्न सकेनौँ । उनीहरुले फेरि गार्डपोष्ट कमाण्डर, सुपरभाइजर लगायतका केहीको तलब बृद्धि गरिदिए । हामी जस्ता सामान्य गार्डलाई झन्झन वेवास्ता गर्न थाले ।

हाम्रै नेपाली गार्डपोष्ट कमाण्डर, सुपरभाइजरलगायतका केही साथीहरुको गद्धारीका कारण हामी १ सय ६ जना साथीहरु जागिर छाडेर नेपाल फर्किएका छौँ । अहिले पनि काबुलमा जून १६ को जस्तो घटना नघट्ला भन्न सकिन्न । हामी अहिले पनि नेपाल सरकारसँग हाम्रा नेपाली साथीहरुलाई सकुशल घर फर्काउँने वा उनीहरुको सुरक्षा व्यवस्था मिलाउने काममा सतर्कता देखाउँन सकोस् भन्ने हाम्रो आग्रह छ । जागिरको लोभमा केही हाम्रै साथीहरुको गद्धारीले त्यहाँका अरु नेपालीको पनि अवस्था संकटपूर्ण नहोस भन्ने हाम्रो माग छ ।

प्रतिक्रिया दिनुहोस्