काभ्रेपलाञ्चोकको जिससमा एमालेको एकलौटी


२५ साउन। जिल्ला समन्वय समितिमा काभ्रेपलाञ्चोकमा नेकपा (एमाले)को समूह नै विजयी भएको छ । जिससमा उद्धव केसीको समूहका सबै विजयी भएका हुन् । उनीहरु सबैले १४ मत प्राप्त गरे । निर्वाचनमा काँग्रेस– माओवादीको गठबन्धन दुई मतले पराजित भयो ।

समन्वय समितिको उपप्रमुखमा मञ्जु गौतम, महिला सदस्यमा शुभवती शिवभक्ति, राजकुमारी श्रेष्ठ, गीता सुनुवार, दलित तथा अल्पसंख्यकका तर्फबाट विकास मगराती, अन्य सदस्यमा सन्तनु केसी, प्रेमकुमार लामा दोङ, कृष्णबहादुर तामाङ निर्वाचित भए ।

काभ्रेपलाञ्चोकमा रहेको छ नगरपालिका र सात गाउँपालिकाका २६ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष मतदानमा सहभागी थिए । उनीहरुको शपथग्रहण कार्यक्रम २९ गते हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्