काभ्रेमा बस दुर्घटना,मृतकको संख्या ३२ पुग्यो

३१ साउन । काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालीस जना घाइते भएका छन् ।
काठमाडौंबाट मादनकुडारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको हो ।
स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय छन् । घटनास्थलमा ‘३२ जनाको शव फेला परेको छ । घाइतेहरुलाई उद्धार गरी माथि ल्याइरहेका छौं । घाइतेहरु अधिकांशको अवस्था गम्भीर छ ।
२६ जना घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । तीन जनाको सदरमुकाम धुलिखेलमा उपचार भइरहेको छ ।
काठमाडौंबाट कोशीपारी मादनकुँडारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको छ ।