कामदारलाई तोकिएको तबल दिन आग्रह


काठमाडौं, १९ असोज । ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालले विजय दशमी, दीपावली नेपाल सम्वत् छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा काठमाडौं जिल्लाका नवनिर्वाचित पदाधिकारीका लागि सम्मान कार्यक्रम आयोजना गरेको छ ।
सो अवसरमा ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले देशको पूर्वधार विकासमा महत्पूर्ण योगदान दिँदै आएको यो व्यवसायलाई व्यवस्थित मर्यादित बनाई नयाँ सोच नयाँ प्रविधिलाई अवलम्बन गरी उत्पादकत्व वृद्धि गर्न र श्रमिकलाई तोकेको सेवा सुविधा उपलब्ध गराउन आग्रह गरे ।
सम्मान ग्रहणपछि जिल्ला अध्यक्ष यज्ञ दास श्रेष्ठले जिल्लाभित्र सञ्चालित ग्रील तथा स्टिल व्यवसायीको हकहित लागि पर्ने प्रबिद्धता जनाए । देशभर सञ्चालित ११ हजार ग्रील उद्योेगीले १ लाख ६० हजारलाइ रोजगारी दिँदै वार्षिक ४० अर्बभन्दा बढीको कारोबार गर्दै आएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्