कामनपा ३२ मा बाढीले पुल भासियो: सवारी साधन आवात-जावतमा समस्या


काठमाडौं, १५ जेठ । बुधवार मध्यान्ह परेको अविरल वर्षाकोे कारण काठमाडौ महानगर वडा नम्वर ३२ को कार्यलय छेउमा रहेको खहरे खोलाको पुला भाषिएपछि आवतजावतमा समस्या भएको छ । कोटेश्वर जडीवुटी हुँदै पेप्सीकोला, काँडाघारी, गोठाटार मुलपानी लगाएतका स्थानवाट आवातजावत गर्ने सवारी साधन रोकीएका छन् । पुल भासिएपछि प्रहरीले काठमाडौका मुख्य शहरवाट जडीवुटी पेप्सीकोला हुँदै विभिन्न स्थानमा जाने सवारी साधनलाई जडीवुटीवाट फर्काएर भक्तपुरतिर पठाएको छ भने,पेप्सीकोला हुँदै मुख्य शहरतिर आवतजावत गर्ने सवारीलाई पेप्सीकोलामा रोकेर प्रहरीले सानोठिमीतिर पठाएको छ । रातीको समयमा कोटेश्वर,जडीबुटी मा गाडीको चाप बढी भएर यात्रु घण्टौ जाममा फसेका छन ।

प्रतिक्रिया दिनुहोस्