कामु मुख्यसचिव शर्मालाई प्रचण्डले बालुवाटार नै बोलाएर यस्तो निर्देशन दिए


५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४५ दिनमा पुनःर्निर्माण प्राधिकरणले गरेको कामप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

भेटमा प्रधानमन्त्रीले आइतबार बिहान १० बजे पुनःर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बोलाउन कामुमूख्यसचिव शर्मालाई निर्देशन समेत दिएका थिए । ‘भूकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने सरकारको घोषणा पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन, यसको समीक्षा हुन अत्यावश्यक छ,’ प्रधानमन्त्री प्रचण्डको भनाई उध्रित गर्दै उनको सचिवालयले भनेको छ ‘यसले मलाई निकै गम्भीर बनाएको छ ।’

प्रधानमन्त्रीले निर्देशक समितिको बैठकमा अहिलेसम्मका कामको समीक्षा र पूनरावलोकन गरिने पनि बताएका थिए । आवश्यक परे प्राधिकरणको संरचना, पदाधिकारी र कार्यप्रणाली बदलेरै भएपनि राहत र पुनःर्निर्माणको कामलाई प्रभावकारी बनाउनु सरकारको कर्तव्य भएको भन्दै प्रचण्डले शर्मालाई सजग गराएका थिए ।

आइतबारको बैठकमा पुःनर्निर्माण प्राधिकरणको संरचना, पदाधिकारीहरुको कामको समीक्षा र बिकल्प, प्राधिकरणको कार्यप्रणाली, सबै पीडितले समयमै पहिलो किस्ता पाउन नसक्नुको कारण र सरकारले घोषणा गरेको थप एक लाख राहत रकम कार्यान्वयनका विषयमा गम्भीर छलफल गरिने पनि प्रधानमन्त्रीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्