कायरा लिएर आउँदै आर्यन र साम्राज्ञी (भिडियो सहित)


काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले चर्चामा छिन् । यतिबेला उनको चर्चाको विषय अभिनेता आर्यन सिग्देलसँगको जोडी बनेको छ । यी दुवैले एकसाथ पहिलोपटक अभिनय गरेको चलचित्र ‘कायरा’ साउन १८ गते शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । प्रदर्शनको मिति नजिकिँदै गर्दा यी दुवै मिडियामा जताततै छाउन सफल भएका छन् ।
अहिलेसम्म अभिनय गरेको चलचित्र भन्दा ‘कायरा’ आफ्नो लागि विशेष रहेको सामाज्ञीले बताएकी छिन् । ‘आर्यन र मेरो जोडी यसपटक विशेष छ’ साम्राज्ञीले भनिन्, ‘हाम्रो दर्शकले रुचाउँछन् ।’ चलचित्रको स्क्रिप्ट नै राम्रो भएको उनले खुलाईन् ।
‘कायरा’ लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । आर्यन र साम्राज्ञीको अलवा चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । आर्यन सिग्देलकै कथा रहेको चलचित्रको निर्माता निर्देशक रिजालनै हुन् ।

प्रतिक्रिया दिनुहोस्