कारको ठक्करबाट दुईजनाको मृत्यु

दाङ,११ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका ४ पिपरी चोकमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
बा२०च ५७४४ नम्बरको स्कारपियोले ठक्कर दिँदा घाइते भएका ५० वर्षीय राजकुमार चौधरी र रेमलाल चौधरीका ८ वर्षीय छोरा निसान चौधरीको मृत्यु भएको हो ।