कार्यकर्ताले केपी ओली र प्रचण्डको परीक्षा लिइरहेका छनः भट्टराई


काठमाडौ, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले कार्यकर्ताहरुले केपी ओली र प्रचण्डको परिक्षा लिइरहेको बताएका छन । कृष्णसेन इच्छुकको स्मृति सभामा बोल्दै नेता भट्टराईले नेतृत्वले कार्यकर्ताको सहि मुल्यांकन गर्छ कि गर्दैन हेरिरहेको बताएका हुन । उनले अबको नेतृत्वका लागि तेस्रो पुस्ताले तालिम लिइरहेको समेत बताए । भट्टराईले भने ‘दुईवटा क्याप्टेन छेउमा बसेर जहाज कसरी हाक्नु हुन्छ? अरु पाइलटहरुले पनि हेरिहेका छन ।’  हेडसरहरुले परिक्षाको कापी काट्दा यताउती भयो भने विद्यार्थीको जिवन नै खत्तम हुने भन्दै उनले भने ‘सहि ढंगले कापी काट्नुहोला, तर हामीले पनि कापी कसरी काट्नुहुन्छ परिक्षा लिइरहेका छौ ।’ नेता भट्टराईले केपी ओली कठोर १४ वर्ष जेल जिवन विताएर पार्टी नेतृत्व गर्ने विन्दुसम्म पुगेको र प्रचण्डले पनि देश हल्लाउने आन्दोलनको नेतृत्व गरेर कम्युनिष्ट आन्दोलन अगाडि बढाएको बताए । ओली र प्रचण्डको योगदान र संघर्षको फिल्म बनाउने हो भने ओस्कार अवार्ड पाउन सक्ने तर पुजीवादी कम्पनीहरुले त्यसरी मुल्यांकन नगर्ने बताए । सोही कार्यक्रममा बोल्दै सञ्चार तथा सुचना  प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रेस स्वतन्त्र रहेपनि प्रेस स्वछन्दता नरहने बताए ।

प्रतिक्रिया दिनुहोस्