कार्यक्रम ‘सिधा प्रश्न’ समाचार च्यानलको निर्णयअनुसार बन्द: महाप्रवन्धक सचिन रोका


काठमाडौं, ३० जेठ । नेपाल टेलिभिजनबाट प्रत्येक शनिवार साँझ प्रशारण हुँदै आएको कार्यक्रम ‘सिधा प्रश्न’ समाचार च्यानलको निर्णयअनुसार बन्द भएको नेपाल टेलिभिजनले जनाएको छ । मन्त्रीको आदेशमा बन्द भएको भन्ने खवरप्रति नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोकाले खण्डन गरेका छन् । उनले कार्यक्रम बन्द हुनुमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको कुनै संलग्नता नरहेको बताए । उनले भने, नेपाल टेलिभिजन समाचार च्यानलको निर्णयअनुसार नै सिधा प्रश्न कार्यक्रम बन्द गरिएको हो, कार्यक्रम बन्द गर्न मन्त्रीको कुनै निर्देशन छैन’ । बरू मलाई सञ्चार मन्त्रीज्यूको सचिवालयबाट किन कार्यक्रम बन्द भएको भनेर फोन आएको थियो । यसअघि सो कार्यक्रम मन्त्री बास्कोटाको निर्देशनमा बन्द गरिएको कार्यक्रम सञ्चालक राजु थापाले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्