कार दुर्घटनामा तीन जनाको मृत्यु


बुटवल,२४ साउन । रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको  मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको हो। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार लु २ च ६७५६ नं.को कार रुपन्देही रोहिणी गाउँपालिका–४ छिपागडस्थित हुलाकी सडकखण्डमा अनियन्त्रित भई सडकबाट १० मिटर तल पल्टिँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर रुपन्देही ओमसतिया गाउँपालिका– ४ बालापुरका २६ को देवेन्द्र चौधरी  रहेका छन। अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको छ। घाइते रुपन्देही सिद्धार्थ नगरपालिका– ४ का ३० वर्षीय अनिल यादव रहेका छन्।

प्रतिक्रिया दिनुहोस्