कालिकोटमा यात्रु बोकेको टिप्पर कर्णालीमा खस्यो


काठमाडौं, २८ जेठ । भारतबाट आएका यात्रु बोकेको टिप्पर कर्णालीमा खसेको छ । झण्डै ३९ जना यात्रु बोकेको ना ८ ख ५१३३ नम्बरको टिप्पर छान्नी त्रिवेणी गाउँपालिका लालीघाट भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो । हालसम्म दुईजनाको मृत्यु भएको र चार जना घाइते भएको प्रदेश प्रहरी प्रमुख बसन्त पन्तले जानकारी दिए ।उद्धारका लागि जिल्लाको विपद व्यवस्थान समितिको सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्