कालिञ्चोक गाउँपालिकाको विकासका लागि ड्रोन क्यामेराद्धारा भौगोलिक सर्भे


दोलखा, १६ जेठ । दोलखाको कालिञ्चोक गाउँपालिकाको विकासका लागि ड्रोन क्यामेरा मार्फत भौगोलिक सर्भे गरिएको छ । गृहमन्त्रालयको अनुमती पछि काठमाण्डौ विश्वविद्यालयसँगको समन्वयमा नाम्सालिङ सामुदायिक विकास केन्द्र इलामले ड्रोन क्यामारा उडाएर भौगोलिक सर्भे गरेकोे हो ।
अमेरिकाको कोलोराडो युनिभर्सिटीको सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्रले उक्त सर्वे गरेको कोलोराडो विश्वविद्यालयद्धारा गठित इडब्लु बि का नेपाल सहजकर्ता भुपाल खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार ड्रोन क्यामारा मार्फत समग्र गाउँको तथ्याङ्क संकलन गरी आबश्यक योजना निर्माण गरी विकास निर्माणको कार्य अगाढि बढाइने छ । ड्रोन क्यामाराले समग्र कालिञ्चोकको मौसम, प्राकृतिक विपत्तिका लागि पुर्वानुमान लगाएत सम्पुर्णको विवरण जिपिएस प्रणालीमा संकलन भई टोपो नक्सा तयार हुने काठ्माण्डौ विश्वबिद्यालय स्रोतको भनाई छ ।
सहजकर्ता खतिवडाले गत वर्ष पनि कालिञ्चोकमा सर्बे सुरु गरिएको तर कुहिरोकाकारण थोरैमात्र भुभागमा परिक्षण गरिएको र अहिले भने कालिञ्चोक गाउँका झण्डै ८० प्रतिशत क्षेत्रमा सर्बे गरिएको छ । यो पटक ७ दिनसम्म कालिञ्चोकको आकाशमा उडेको ड्रोन क्यामेराले सबै भुभागको तथ्याङ्क संकलन गरेको छ । सर्बे टोलीमा संलग्न नाम्सालिङका प्रदिप घिमिरेले कालिञ्चोक गाउँको सबैजसो क्षेत्रमा ड्रोनमार्फत तथ्यांक संकलन गरिएको बताए । उनले जमिनको सतहभन्दा ५० मिटर माथीको भागबाट मात्रै क्यामारा उडाइएको प्रतिक्रिया दिए । यसरी क्यामेराले कैद गरेको तथ्यांकलाई काठ्माण्डौ विश्वविद्यालयको समन्वयमा प्रतिबेदनको रुपमा उतारेर त्यही अनुसारको कार्यक्रम गर्ने तयारी रहेको नाम्सालिङका जिल्ला संयोजक राजन क्षेत्रीले जानकारी दिए । क्षेत्रीले उक्त प्रतिबेदन सम्बन्धित वडा, गाउँपालिका कार्यालय र जिल्ला समन्वय समितिलाई बुझाइने बताए । नक्सा सहितको उक्त प्रतिबेदनमा जमिनको भुबनोट, खनिजजन्य वस्तुको सम्भावना , माटोको उर्बराशक्ति र उपयुक्त बालिको पहिचान समेत सहजै गर्न सकिने बताइएको छ ।
कालिञ्चोक गाउँपालिकाका प्रमुख बिन कुमार थामीले समयमै प्रतिबेदन उपलब्ध गराउन र गाउँपालिकाका अन्य वडाहरुमा पनि सञ्चालन गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउदै सेवा विस्तारका लागि अनुरोध गरे ।
छुट्टै जिपिएस प्रणालीको जडान
ड्रोन क्यामेराले कैद गरेका गाउको सबै विवरण जिपिएस प्रणलीमा कनेक्ट गर्न बेगुम्पा गाउँ भन्दा केही माथील्लो भागमा अत्याधुनिक प्रविधिको जिपिएस प्रणलीको समेत जडान गरिएको छ । उक्त प्रणालीले जलवायु परिबर्तन सम्बन्धि गतिबिधिहरुको तथ्यांक रेकर्ड गर्ने देखि मौसम सम्बन्धि जानकारी संकलन गर्ने भुगर्बविद समेत रहेका संस्थाका कार्यक्रम प्रमुख सुबोध निरौलाले जानकारी दिए । उनले सो प्रणाली जडान गरिएको झण्डै एक वर्ष हुन लागेको बताउदै एक वर्ष अघिदेखिका जलवायु र मौसमको तथ्यांक उक्त प्रणालीबाट सहजै हेर्न सकिने बताएका छन् । निरौलाले उक्त प्रणालीलाई मौसम पुर्वानुमान महासाखा सँग जोडेर राज्यकै निकायले निरन्तर अवलोकन गर्न सक्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्