कास्कीबाट बामदेव गौतमको भविष्यवाणीः सरकार तत्काल ढल्दैन


२६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकार परिवर्तनको हल्ला चलाइरहेका बेला एमाले भने कुनै हालतमा पनि सरकार परिवर्तन नहुने अडानमा देखिएको छ ।

केही दिन अघि मात्र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार ०७४ साल माघसम्म टिक्ने अभिव्यक्ति दिएका थिए । त्यसो त महासचिव ईश्वर पोख्रेलले पनि सरकार परिवर्तनको हल्लाका पछि नलाग्न पटक–पटक आग्रह गर्दै आएका छन् ।

माओवादी केन्द्रका केही नेताहरुले बजेटपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने भद्र सहमति भएको भनिरहेका बेला एमालेले भने त्यसमा कुनै सत्यता नरहेको दाबी गर्दै आएको छ । एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पनि त्यस्तै अभिव्यत्ति दिएका छन् । उनले ओली नेतृत्वको सरकार परिवर्तन हुने कुनै संम्भावना नभएको बताए ।

एमालेले देशलाई संवृद्धिको बाटोतर्फ लैजाने बजेट ल्याएको छ, त्यसको कार्यान्वयनका लागि पनि ओली नेतृत्वकै सरकार आवश्यक छ ।’

पोखरा पुगेका गौतमले बुधवार प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भने– ‘एमालेले देशलाई संवृद्धिको बाटोतर्फ लैजाने बजेट ल्याएको छ, त्यसको कार्यान्वयनका लागि पनि ओली नेतृत्वकै सरकार आवश्यक छ ।’ गौतमले देशलाई आर्थिक समृद्धितर्पm उन्मुख गराउन सरकार अगाडि बढेकोसमेत दाबी गरे ।

उनले सकभर एमाले वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा सहमतिको सरकार बनाउँने तयारीमा रहेको भन्दै सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई छोएको दाबी गरे । ‘बजेट विनियोजनले तराईका जनता धेरै खुशी भएका छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्