कीर्तिपुर खुल्ला दिसामुक्त, पूर्ण खोपयुक्त र पूर्ण साक्षार घोषणा


१ साउन । कीर्तिपुर नगरपालिकालाई एकै पटक खुल्ला दिसामुक्त, पूर्ण खोपयुक्त र पूर्ण साक्षार नगरपालिका शुक्रबार घोषणा भएको छ ।

त्यस क्षेत्रर्लाइ खुल्ला दिसामुक्त बनाउनका लागि खानेपानी क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय, पूर्ण खोपयुक्त बनाउन जिल्ला जनस्वास्थ्य कार्यालय र पूर्ण साक्षार बनाउन जिल्ला शिक्षा कार्यालयको सहयोग थियो ।

आयोजित कार्यक्रममा सांसद राजेन्द्र केसीले यस विषयमा कीर्तिपुरवासीलाई प्रतिबद्धता व्यक्त गराउँदै घोषणा गर्नुभएको हो । उहाँले घोषणा गर्न मात्र ठूलो कुरा नभएको त्यसलाई कार्यान्वयन गर्न सबैको सहयोगको खाँचो औँल्याए ।

त्यसैगरी सांसद विनोद श्रेष्ठले पहिलो विश्वविद्यालय स्थापित भएको त्यस क्षेत्रमा शिक्षा तथा पूर्वाधारको विकास हुन नसकेकोमा चिन्ता ब्यक्त गरे ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी, स्थानीय विकास मन्त्रालयका सहसचिव जीवनकुमार श्रेष्ठ, नगरपालिकाका कार्यकारी प्रमुख उद्धवप्रसाद रिजाल, सोही नगरपालिकाका प्रमुख लेखा अधिकृत सानुबाबु परियार, नगरपालिकाका सल्लाहाकार हीराबहादुर महर्जन र उद्धवप्रसाद बास्कोटाले सो नगरलाई तीनवटै विषय घोषणा गरिएकामा खुसी व्यक्त गर्दै अब त्यस क्षेत्रमा स्वच्छ, स्वस्थ्य बनाउन नगरवासीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए  । रासस

प्रतिक्रिया दिनुहोस्