कुबेतबाट १६१ जना नेपाली महिला काठमाडौं आइपुगे


काठमाडौं, २९ जेठ  । कुबेतबाट १६१ जना नेपाली महिला काठमाडौं आइपुगेका छन् ।

कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिला बिहीबार मध्याहन्न जजिरा एयरको विमानमा कुवेतले नै काठमाडौं ल्याइदिएको हो । यसरी आउनेमा तीनजना गर्भवती महिला पनि रहेका छन् । अर्को विमानमा थप १५० जना नेपाली आउने छन् । कुवेत सरकारकै पहलमा स्वदेश फर्किन चाहने नेपाली कामदारहरु लिएर जजिरा एयरलाइन्सका विमान आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्