केएल टावरको दशैंतिहार उपहार योजना, बम्पर प्राइज मोटरसाइकल


काठमाडौ, २२ असोज । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजयदशमी तथा दिपावलीको अवसर पारेर असोज १९ गतेदेखि रमाईलो दशँै तिहार उपहार योजना संचालनमा ल्याएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हातखाली नजानेउपहार पाउने छन् ।
हरेक दिन उपहार जित्न सकिने योजनाको बम्पर उपहारमा टिभिएसको अपाची आरटीआर मोटरसाइकल, जुपिटरको स्कुटर लगायतका उपहार राखिएका छन् । दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन,लगायत छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिज लगायतका घरायसी सामान उपलब्ध गराउने टावर व्यवस्थापनले जनाएको छ ।
यसका साथै साप्ताहिक उपहारमा टाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको सपिङ भौचर पनि ग्राहकले पाउने छन् ।
उपहार जित्नको लागि के एल टावरमा रहेका आउटलेटमा कम्तीमा एक हजार रुपैयाँको सामान खरिद गर्दा ग्राहकले कुपन प्राप्त गर्ने छन् । उक्त कुपनका आधारमा दैनिक तथा साप्ताहीक लक्की ड्र गरी उपहार वितरण गरिने टावरले जनाएको छ ।
५० वटा पसल,मिनीशौ, लाउञ्ज, कफिबार, तीनवटा सिनेमाहल, बालबालिका र युवाकालागि छुट्टाछुट्टै गेमजोन, मोबाईल हबलगायतका दैनिक प्रयोगमा आउने सबै प्रकारका सामान खरिदमा ग्राहकले एकहजार रुपैयाँ बराबरको कुपन प्राप्त गर्नेछन् । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ ।
असोज १९ गतेदेखि सुरु भएको योजना कात्तिक ३० गतेसम्म संचालनहुने छ ।

प्रतिक्रिया दिनुहोस्