केपी ओलीको समर्थनमा हजारौं युवा सडकमा (फोटोफिचर)

३१ असार । केपी ओली सरकारको पक्षमा ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा हजारौँ युवा सहभागी भएका छन् ।
‘राजनीतिका लागि होइन, सन्ततिका लागि, ओलीका लागि होइन भोलिका लागि, कुर्सी बचाउनका लागि होइन देश बचाउनका लागि’, ‘हाम्रो देश, हाम्रो बोली, केपी ओली’ लेखिएका ब्यानरसहित हजारौँ युवाले माइतीघर मण्डलाबाट र्याली, निकालेका हुन् ।
स्वतन्त्र युवा अभियानका नामबाट निकालिएको त्यस ¥यालीमा अनेरास्ववियु, युवा सघंलगायतका युवाहरु राष्ट्रिय झण्डा र ढाकाटोपी सहित सडकमा उत्रिएका थिए ।