केपी ओलीसँग निर्वाचन गर्ने विषयमा छलफल भयो, अब निर्वाचन हुन्छः देउवा


२७ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल माघभित्र तीन तहको निर्वाचन जसरी पनि सम्पन्न गर्ने दाबी गरेका छन् । नेपाल विद्यार्थी सङ्घले आयोजना गरेको ‘संविधान कार्यान्वयन, स्ववियु निर्वाचन, शैक्षिक सुधार र सङ्गठन सुढृढीकरणका लागि ६ महिने सदस्यता वितरण तथा जनजागरण अभियान’ कार्यक्रममा बोल्दै  सभापति देउवाले यस्तो दाबी गरेका हुन् । उनले क्यालेन्डर बनाएरै निर्वाचन गर्ने दाबी गरे । निर्वाचन नभएर देश पछाडि परिसकेको भन्दै उनले देशलाई विकासको बाटोमा उन्मुख गर्न कुनै पनि हालतमा चुनाव गर्नुपर्ने बताए ।

सभापति देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफूले निर्वाचन गर्ने विषयमा छलफल गरेको बताउँदै एमाले निर्वाचनको पक्षमा रहेको स्पष्ट पारे । एमाले अध्यक्षसँग मिलेसम्म नयाँ स्थानीय संरचना नभए पुरानो संरचनाका आधारमा भए पनि स्थानीय निकायको निर्वाचन गर्नेबारेमा आफ्नो कुराकानी भएको उनले बताए ।  पूर्वप्रधानमन्त्री देउवाले संविधान संशोधनप्रति असन्तुष्टि भन्दै एमालेले मधेस र पहाडबीच झगडा गराएर देशमा विभाजन ल्याउन खोजेको आरोप लगाए । ‘पहिला प्रदेश नं ५ को मगर समुदायमा बसेका मानिस प्रदेश नं ४ को गुरुङ समुदायमा बस्दा के हुन्छ ?

प्रतिक्रिया दिनुहोस्