केपी ओली दक्षिण एसियाकै शक्तिशाली प्रधानमन्त्रीः कांग्रेस नेता गिरी


काठमाडौ, २८ असार । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले शक्तिशाली प्रधानमन्त्रीले सामान्य उपकुलपतिसँग तुजुक देखाउन उपयुक्त नहुने बताएका छन ।
संसदमा विशेष समय लिएर बोल्दै गिरीले संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई दुर्व्यवहार गरेर सरकारले जनतालाई तर्साउन खोजेको बताएका हुन । केपी शर्मा ओली दक्षिण एसियाकै शक्तिशाली प्रधानमन्त्री भएको भन्दै गिरीले संसदमा भने, यो प्रधानमन्त्रीले गरिमा देखाउने बेला हो, कुलप्रसाद कोइरालाजस्तो साधारण नागरिकलाई ताकत तुजुक देखाउने बेला होइन ।’

क्यानडाको एक सम्मेलन जान लागेका उपकुलपति कुलप्रसाद कोइरालालाई ‘प्रधानमन्त्रीले बोलाउनुभएको छ’ भन्दै प्रहरीले विमानस्थलबाट बालुवाटार पुर्‍याएको थियो । तर, विमान उड्ने समय सकिएपछि उनलाई प्रधानमन्त्री व्यस्त भएको भन्दै फर्काइएको थियो ।
सांसद गिरीले यदि प्रधानमन्त्रीलाई थाहा नदिई उपकुलपतिलाई दुर्व्यवहार गरिएको भए माफी माग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्