केपी र मैले सल्लाहमा एकता भाँड्न खोज्नेलाई यसरी झुक्यायौं


काठमाडौं, ११ जेठ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकता भाँड्न खोज्नेहरुलाई धेरै पटक छक्याएर पार्टी एकीकरण गर्न सफल भएको खुलासा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार पार्टी केन्द्रीय सदस्यहरुलाई निर्देशन दिँदै प्रचण्डले त्यस्तो खुलासा गरेका हुन् । आपसी सल्लाहमै दूरी बढेको आभास हुनेगरी बाहिर अभिव्यक्ति दिएका कारण पटक–पटक एकता भाँड्न खोज्नेहरु झुक्किदाँ एकीकरण सफल भएको अनुभव उनले केन्द्रीय सदस्यहरुलाई सुनाए ।
भाँड्न खोज्दा एकता नहुने संकेत ग¥यौं
दुई पार्टी एक हुन्छन् कि भनेर झस्किने, चिन्तित हुनेहरुले एकता भाँड्न धेरै प्रयास गरे । त्यस्तो बेला हामी(केपी र मैले)ले सल्लाह गरेरै एकता हुँदैन भन्ने संकेत दियौं । एकता भाँड्न खोज्नेहरु दूरी बढेको देखेर चलखेल नगरुन्, आनन्दले बसुन् भनेरै यसो गरियो । त्यसैले धेरै ठूलो पहलबाट एकता गरेर हामीले विश्व कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ उदाहरण प्रस्तुत गरेका छौं । एकतालाई जोगाउनुपर्ने, देश र जनताको पक्षमा, समृद्धिका पक्षमा काम गर्नुपर्ने धेरै ठूलो पेचिलो चुनौति छ । तर, धेरै ठूल–ठूला जोखिम मोलेर एकतासम्म आइपुगेकाले सामना गर्दै अघि बढ्नुपर्ने हाम्रो काँधमा ठूलो जिम्मेवारी छ । हामीले धेरै ठूलो त्याग र वलिदान गरेका छौं तर सत्तामा पुगेपछि स–साना कुराले कम्युनिष्ट आन्दोलन सकिएको, बिर्सजनको दिशामा गएको थुप्रै उदाहरण छ तर नेपालमा हामी त्यसो हुन दिनेछैनौं । देश र जनताप्रतिको जवाफदेहिता, कम्युनिष्ट आर्दश र मूल्य–मान्यताबाट हामी विचिलित हुनेछैनौं ।

प्रतिक्रिया दिनुहोस्