कैलालीमा धर्नामा हस्तक्षेप, २१ घाइते, ४१ गिरफ्तार, एमालेद्वारा खेद


२२ मंसीर । प्रधानमन्त्री पुष्पकमल दाहाल कैलाली भ्रमणमा जाँदै गर्दा आयोजित धर्नामा प्रहरीले बल प्रयोग गरेको छ । एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारीलगायत २१ जनालाई घाइते भएका छन् भने उनीसहित ४१ जनालाई गिरफ्तार गरिएको छ ।

एमालेले बलप्रयोगप्रति आपत्ति प्रकट गरेको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले वक्तव्य जारी गरी ‘शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारमाथि कुठाराघात गर्दै नेता–कार्यकर्तालाई गिरफ्तार गरिनुले लोकतान्त्रिक व्यवस्थाको मर्ममा प्रहार गरेको’  बताएका छन् । एमालेले भनेको छ, ‘हाम्रो पार्टी उक्त घटनाप्रति खेद व्यक्त गर्दै घाइतेहरुको अविलम्ब उपचार, गिरफ्तारहरुलाई तुरुन्त रिहाइ र निर्वाध रुपमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने सुनिश्चितता गर्न माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्